नेपालले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दै
कार्तिक ७, २०८२ | काठमाडौं
नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
भारतको शिलोङमा हुने खेल साँझ सवा ६ बजे सुरु हुनेछ ।
उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
विदेशमा व्यावसायिक फुटबल खेलिरहेका प्रिति राई, सावित्रा भण्डारी साम्बा, पूजा राणा तथा एन्जिला तुम्बापो सुब्बा टिममा सहभागी छन् ।
नेपाली टोलीले आगामी सोमबार भारतसँग दोश्रो मैत्रीपूर्ण खेल खेल्ने छ ।
फिफाको वरियतामा भारत ६३ औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।
यसअघि सन् २०१९ मा इरानसँग भारतमा भएको खेलमा नेपाल ३ –० ले विजयी भएको थियो ।









