छठ पर्वको तयारी सुरु
कार्तिक ७, २०८२ | काठमाडौं
तिहार पर्वको समापनसँगै आजदेखि छठ पर्वको तयारी सुरु भएको छ ।
तराई मधेसमा धुमधामका साथ प्रमुख चाडका रुपमा मनाइने छठ पर्वको रौनक सुरु भएको हो ।
मिथिलामा आस्था र निष्ठाका रुपमा मनाइने छठका लागि पोखरी, नदी, तलाउ र जलाशयहरुमा सफाइसगै सजाउन थालिएको छ ।
सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
सूर्य तथा छठीमाताको पूजा पछिल्लो समय तराई मधेसबाहेकका पहाडी जिल्लामा पनि गरिन थालिएको छ । काठमाडौं उपत्यकाका विभिन्न नदी र पोखरीमा छठ पूजाका लागि घाट निर्माण सुरु गरिएको छ ।
छठ पर्वको लागि चारैतिर ठूला–ठूला पंडाल, रंगीचङ्गी साजसज्जा गर्ने गरिन्छ ।









