जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
कार्तिक ७, २०८२ | काठमाडौं
सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकोे छ ।
दुर्घटनामा तीन किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महाकुलुङको छेस्कामकी १६ वर्षिया हबी राई र सोही ठाउँकी २० वर्षिया शान्ति राई र १७ वर्षिया निर्जला राइको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
तीनै जना मृतकको परिचय आज बिहान मात्रै खुलेको हो ।
हिजो साँझ साढे ७ बजेतिर दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा चालकसहित अन्य ६ जना घाइते भएका छन् ।
चालक महाकुलुङका ३२ वर्षिय श्रीध्वज राईको अवस्था गम्भीर छ ।
घाइतेहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।
भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।
खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।









