यूएनको स्थापना दिवस आज

कार्तिक ७, २०८२ | काठमाडौं

आज अक्टोबर २४, विभिन्न कार्यक्रमको आयोजना गरी संसारभरि संयूक्त राष्ट्रसंघ (यूएन) को स्थापना दिवस मनाइदैँ छ ।

मुलुकहरुबिच बढ्दो युद्ध र भूराजनीतिक तनावकाबिच राष्ट्रसंघको उपस्थिति झनै महत्वपूर्ण बन्दै गएको छ ।

हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयूक्त राष्ट्रसंघ सप्ताह मनाईनेमा अक्टोबर २४ लाई विशेष चाख र उत्साहका साथ संयूक्त राष्ट्रसंघ दिवसका रुपमा मनाइने गरिएको हो ।

सन् १९४८ देखि हरेक वर्ष मनाउन थालिएको यो दिवसमा राष्ट्रसंघको गठन, कार्य र ध्येयका वारेमा जानकारी गराईन्छ ।

सन् १९७१ को संयूक्त राष्ट्रसंघको महासभाले यस ऐतिहासिक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक विदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

पहिलो र दोश्रो विश्व यूद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र यूद्धका पिडाहरुमा विश्व शान्ति र सदभाव कायम गर्नको लागि पुरानो लिग अफ नेशन्सले भुमीका खेलेको थियो ।

दोश्रो विश्व यूद्धको विध्वशं र विनाशले अमेरिका, बेलायत, तत्कालिन सोभियत संघलाई राष्ट्रसंघको घोषणापत्रमा हस्ताक्षर गर्न जरुरी बनाएकोमा जर्मन, इटाली, जापान र अन्य केही यूद्धरत राष्ट्रहरुवाहेक २६ वटा राष्ट्रहरुले सन १९४२ को जनवरी महिनामा संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

सन् १९४५ मा यसै घोषणापत्रमा थप रुपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा वढी देशका प्रतिनीधिहरुले अक्टोबर २४ का दिन भेला भएकामा अक्टोबर २४ लाई हरेक वर्ष संयूक्त राष्ट्रसंघ दिवसका रुपमा लिईन्छ । 


प्रतिक्रिया