नवनियुक्त मुख्यमन्त्री सोनलद्धारा विश्वासको मत लिने तयारी

कार्तिक ७, २०८२ | काठमाडौं

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठपछि विश्वासको मत लिने तयारी गर्नु भएको छ ।

गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनलले पर्व सकिएसँगै विश्वासको मत लिन लाग्नु भएको हो ।

यसबीचमा पर्व परेकाले विश्वासको मत लिन ढिलो भएको सोनलको भनाई छ ।

नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक छ ।

जनता समाजवादी पार्टी (जसपा)नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीको समर्थनमा सोनल मुख्यमन्त्री बन्नु भएको हो ।

ती पार्टीको सांसद संख्या ५७ छ ।

सोनल मुख्यमन्त्री बन्ने क्रममा जनमत पार्टी भने फुटेको छ ।

जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह नयाँ दल जनस्वराज पार्टीमा प्रवेश गर्नु भएको छ ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद चाहिन्छ ।

मधेसका केही सांसद निलम्बनमा रहेकाले उनीहरुले भोटिङ अधिकार नपाउने भएकाले विश्वासको मत पुर्याउन अप्ठ्यारो पर्ने आँकलन गरिएपनि सोनलले भने बहुमत जुटाउन समस्या नरहेको दाबी गर्नु भएको छ । 


प्रतिक्रिया