मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३०, २०८२ | मकवानपुर

मकवानपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिकाको बुङ्दल खोलाको पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन सकेको छैन । उनीहरु सवार मोटरसाइकल सडकबाट झण्डै ५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । गएराति दुर्घटना भएपनि आज बिहान मात्रै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उता, इलामको गोरुवाले भञ्ज्याङ नजिकै भएको ट्याक्टर दुर्घट्नामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । इलामको माइमझुवादेखि पाँचथरको लुङरुपातर्फ नेपाली हातेकागज बनाउने लोक्ताको भारी लिएर जाँदै गरेको ट्याक्टर पल्टिदा सहचालक सोमबहादुर राई (पञ्चे) को मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार छन् । 


प्रतिक्रिया