आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकी राख्दैन : निर्वाचन आयुक्त भण्डारी

रेडियो कान्तिपुर संवाददाता

माघ २, २०८२ | काठमाडौं

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । 

राजनीतिक दलहरूसँग निर्वाचन आचारसंहिता सम्बन्धी छलफलमा आज बोल्दै उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रूपमा सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र पक्षलाई आग्रह समेत गर्नुभयो । 

भण्डारीले मुलुकको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर निर्वाचनमा खर्च गरिदिन पनि विभिन्न राजनीतिक दल, त्यसका उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । 

उहाँले उम्मेदवारहरूले खर्च गर्न पाउने सीमा निर्धारण निर्वाचन आयोगले गरेकाले सोही अनुसार पालना हुने विश्वास व्यक्त गर्नु भयो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही हुने चेतावनी समेत दिनुभयो ।


प्रतिक्रिया