चितवन राष्ट्रिय निकुञ्जलाई स्वदेशी पर्यटककै भर
माघ ११, २०८२ | चितवन
वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तब्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या चालु आर्थिक वर्षको ६ महिनामा एक लाख १९ हजार ५ सय ७६ पुगेको छ ।
निकुञ्जका सुचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार यो अवधिमा ७२ हजार ५ सय ८ स्वदेशी, सार्क मुलुक बाहिरका ३९ हजार ७ सय ९३ विदेशी र सार्क राष्ट्रका सात हजार २ सय ७५ ले निकुञ्ज घुमेका छन् ।
गत आर्थिक वर्षको तुलनामा चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्यामा सुधार देखिएको हो । गतवर्ष साउनदेखि पुससम्म कुल एक लाख १० हजार ३ सय ४५ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।










