राष्ट्रिय लिग फुटवलमा एनआरटीद्धारा फ्रेन्डस क्लव पराजित

रेडियो कान्तिपुर संवाददाता

माघ ११, २०८२ | काठमाडौं

न्युरोड टिम एनआरटीले राष्ट्रिय लिग फुटबलमा लगातार तेस्रो जित हात पारेको छ । ललिपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज सम्पन्न खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई १–० ले हराएको हो । 

एनआरटीको जितमा आशिष गुरुङले खेलको ६७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै एनआरटीले चार खेलबाट ९ अंक पु¥याएको छ । यता फ्रेन्ड्सको भने समान खेलबाट ४ अंक छ ।

लिग अन्तर्गतको अर्को खेलमा अहिले संकटा क्लब र एपीएफ क्लबबीच खेल जारी छ । आजै साँझ हुने अर्को खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड भिड्ने छन् ।


प्रतिक्रिया