हिउँले सेताम्य रारा

माघ ११, २०८२ | मुगु

मुगुको उत्कृष्ट पर्यटकिय गन्त्ब्य रारा हिउँले सेताम्य बनेको छ । यो बर्षकै प्रथम हिमपातले रारा चादी झै टलक्क चम्किएको छ । हिमपात पछि खुलेको मौसम मौसमले चारैतिर हिउँले ढाकेको रारा कपासको फुले झै सेताम्य देखिएको छ । 

ताल वरिपरिका रुखहरु हिउँले निहुरीएका छन । हिउले गर्दा तालको पानी पनि सेता आकारले टल्किन थालेको छ । राराले दिनमा तीन पटक रुप बदल्ले गरेको छ ।


घुम्न आएका आन्तरिक पर्यटक निकुञ्जका कर्मचारी, गुल्ममा कार्यरत सेनाका जवान हिउँ खेल्दै रमाउन थालेका छन । यो बर्षको पहिलो हिमपातले रारा सेताम्य भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर रनबहादुर रोकायाले बताउनुभयो ।

यसैबिच गत साउन देखि पुस समान्तसम्म ६ हजार ५ सय ५७ जना आन्तरिक पर्यटक र १ सय ५६ जना बाह्य पर्यटकले रारा भ्रमण गरेको निकुञ्जले जनाएको छ । 


प्रतिक्रिया