राष्ट्रिय लिगमा एपिएफको जित

फाल्गुन १०, २०८२ | काठमाडौं

घरेलु प्रतियोगिताका लागि स्थगित भएको राष्ट्रिय लिग फुटबलका खेलहरु आजदेखि फेरि सुरु भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लबले बाराको नव जनजागृति क्लबलाई ४–१ गोलले पराजित गरेको छ ।

नव जनजागृतिले अग्रता लिएपछि एपिएफले खेल आफ्नो पक्षमा पार्यो । एपिएफको जितमा कप्तान हरि कार्की, युवराज थापा र समिराज थोकरले समान एक÷एक गोल गरे ।

नव जनजागृतिका लागि निश्चल थापाले एक गोल गरे । यो जितसँगै एपीएफले ६ खेलबाट १६ अंक जोडेको छ । नव जनजागृति अंकविहीन बन्दै तालिकाको पुच्छरमा छ ।

लिगअन्तर्गत अपरान्ह ४ बजे हुने अर्को खेलमा न्युरोड टिम एनआरटी र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी लिगमा ए डिभिजनका १३ र एन्फा प्रेसिडेन्टका शीर्ष चार गरी १७ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।


प्रतिक्रिया