भारत र पाकिस्तानका प्रधानमन्त्रीद्धारा शाहलाई बधाई
चैत्र १३, २०८२ | काठमाडौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । मोदीले सामाजिक सञ्जालमा बधाई दिँदै दुई देशका जनताको आपसी हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पु¥याउनका लागी मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको छ । यसअघि फागुन २५ गते भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग फोन वार्ता गर्नुभएको थियो ।
यसैबिच नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बधाई दिनुभएको छ । उहाँले नेपालसँग पाकिस्तानको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्य अझ सुदृढ बनाउन सहकार्यको अपेक्षा व्यक्त गर्नुभएको हो । सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शरिफले राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो जितपछि शाहले प्रधानमन्त्रीको पद सम्हालेको भन्दै क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका साझा लक्ष्य हासिल गर्न दुवै देशबीच नजिकबाट काम गर्न तयार रहेको सन्देश दिनुभएको छ ।








