प्रधानन्यायाधीश राउत आजदेखि अनिवार्य अवकाशमा

रेडियो कान्तिपुर संवाददाता

चैत्र १७, २०८२ | काठमाडौं

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जानुभएको छ । उमेरहदका कारण उहाँ अनिवार्य अवकासमा जानु भएको हो । कानून व्यवसायीका रूपमा न्यायसेवामा प्रवेश गरेका राउत नेपाल सरकारद्वारा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदै प्रधानन्यायाधीशमा २०८१ असोजमा नियुक्त हुनु भएको थियो । 

कानून व्यवसायीका रुपमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएपछि राउत प्रधानन्यायाधीश बन्नु भएको थियो । राउत अनिवार्य अवकासमा गएसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नु हुनेछ । 


प्रतिक्रिया