पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै

चैत्र १९, २०८२ | काठमाडौं

प्रधानमन्त्री कप एकदिवसयि क्रिकेट प्रतियोगितामा अहिले विभागीय टोली त्रिभुवन आर्मी क्लब र मधेश प्रदशेबीच प्रतिस्पर्धा भईरहेको छ ।

जनकपुरस्थित रामजानकी बहुउदेश्यीय क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि मधेशले पहिले ब्याटिङ गरिरहेको छ ।

मधेश तेस्रो जितको खोजीमा हुँदा, आर्मी चौंथो जित निकाल्न चाहन्छ । मधेश ७ अंकसहित तालिकाको दोस्रो स्थानमा हुँदा, समान अंक भएको आर्मी रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ ।

यसैबीच, वीरगञ्जस्थित नराणयी क्रिकेट मैदानमा जारी खेलमा गण्डकी र सुदूरपश्चिम प्रदशेबीच प्रतिस्पर्धा भईरहेको छ । गण्डकीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

गण्डकी दोस्रो जितको खोजीमा हुँदा, सुदूरपश्चिम चौंथो जित निकाल्न चाहन्छ ।

सुदूरपश्चिम ६ अंकसहित तालिकाको चौंथो स्थानमा छ भने गण्डकी ३ अंकका साथ नवौं स्थानमा छ ।


प्रतिक्रिया