इटहरी गोल्डकपको फाइनल आज

वैशाख ७, २०८३ | काठमाडौं

इटहरी गोल्डकप फुटबलको उपाधिका लागि आज प्लानिङ ब्वाइज युनाइटेड र मोरङको गछिया युवा समाजबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल इटहरी रंगशालामा साँझ ७ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा प्लानिङ ब्वाइजले ललितपुरको सातदोबाटो युथ क्लब तथा गछियाले साविक विजेता मछिन्द्र एफसीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैंयाँ पुरस्कार प्राप्त गर्नेछ । 


प्रतिक्रिया