अफगानिस्तान : विवाह समारोहमा आत्मघाती बम विष्फोट, ६३ जनाको मृत्यु, १८० जना घाइते

भाद्र १, २०७६

- अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको आत्मघाती बम विष्फोटमा ६३ जनाको मृत्यु भएको छ । अन्य १ सय ८० जना घाइते भएका छन् ।  शिया मुश्लिम बहुल क्षेत्रमा स्थानीय समय अनुसार करीब पौने ११ बजेतिर सो विष्फोट भएको बीबीसीले उल्लेख गरेको छ । यसअघि  सो क्षेत्रमा तालिवानी, इस्लामिक स्टेट र सुनी शिया समुहले विष्फोट गराउँदै आएका भएपनि पछिल्लो यो विष्फोटको जिम्मेवारी कसैले लिएको छैन  ।

काबुलको एक प्रहरी चौकीमा १ सय ५० जनाको ज्यान जाने गरी भएको विष्फोटको १० दिन पछि यो विष्फोट गराइएको हो । अफगानिस्तानमा आफ्ना हजारौं सैनिक खटाएको अमेरिका र विद्रोही तालिवानी समुह शान्ति सम्झौताको नजिक रहेको भनिएपनि पछिल्लो समय त्यहाँ तनावपूर्ण स्थिती सिर्जना भएको छ । 


प्रतिक्रिया