विश्वविद्यालयमा यौन दुर्व्यवहार, ग्रेड वृद्धिका लागि प्राध्यापकले नै गर्छन् यौन प्रस्ताव

रेडियो कान्तिपुर संवाददाता

आश्विन २०, २०७६

- पश्चिम अफ्रिकाका दुई प्रमुख विश्वविद्यालयमा महिला विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको प्रमाण फेला पारेको छ ।  लेगस र गाना विश्वविद्यालयमा बीबीसीले गरेको १ वर्ष लामो अनुसन्धानका क्रममा विश्वविद्यालयकै प्राध्यापकहरुले यौन दुर्व्यवहार गर्ने गरेको खुलासा भएको हो ।  बीबीसीको अफ्रिका आईको टोलीले दुई महिला पत्रकारलाई विद्यार्थी बनाएर ती दुई  विश्वविद्यालयमा पठाएको थियो ।

भिडियोमा ती महिलामाथि यौनदुव्र्यवहार भएको रेकर्ड छ । अनुसन्धानमा दर्जनौं वर्तमान र भूतपूर्व विद्यार्थीहरुसँग समेत अन्र्तवार्ता गरिएको थियो । प्राध्यापकहरुले ग्रेड वृद्धि तथा भर्ना प्रक्रियाका लागि यौन प्रस्ताव राख्ने तथा दुर्व्यवहार गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।  लेगस विश्वविद्यालयले यौन दुर्व्यवहारका सवालमा शून्य सहनशिलता अपनाउने जनाएको छ भने गानाले पनि यस्ता घटनाका दोषीलाई कडा कारबाही गर्ने उल्लेख गरेको छ ।

पछिल्लो समय अफ्रिकाका कयौं शैक्षिक संस्थामा यस्ता घटनाको दर बढ्दो रुपमा रहेको छ तर ती घटनाहरु मध्ये अधिकांश प्रमाणित नहुने हुँदा महिला विद्यार्थी पीडित हुने गरेको बीबीसीले उल्लेख गरेको छ । 

 


प्रतिक्रिया