नेपाल– भारत सीमा बन्द

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३, २०७६ | काठमाडौं

- भारतको उत्तरप्रदेश राज्यस्थित बहराईच जिल्लामा हुने विधानसभाको उप निर्वाचनलाई लक्षित गरि बर्दियास्थित सीमा नाका बन्द गरिएको छ ।    बहराईचको बलाहा क्षेत्रमा हुने उपनिर्वाचनलाई लिएर हिजोसाँझ देखि ४ गते सम्मलाई सीमा बन्द गरिएको सशस्त्र प्रहरी बलका बर्दियाका गणपति यादव विकले जानकारी दिनुभयो ।

अत्यावश्यक एम्बुलेन्स सेवा सञ्चालन गर्नु परे दुबै मुलुकका अधिकारीको सहमतिमा आउजाउ गर्ने पाउनेछन् । बहराईच जिल्लामा ४ गते विहान ७ देखि ६ बजे सम्म मतदान हुँदैछ । सीमामा सुरक्षा सर्तकता समेत उच्च पारिएको छ । 

 


प्रतिक्रिया