ट्रम्पले २ मिलियन अमेरिकी डलर दुरुपयोग गरेको ठहर 

कार्तिक २२, २०७६

- अमेरिकाको एउटा अदालताले राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २ मिलियन अमेरिकी डलर दुरुपयोग गरेको ठहर गरेको छ । सन् २०१६ को चुनावी अभियानका क्रममा डोनाल्ड जे फाउण्डेसनमार्फत गैरकानुनी ढंगले खर्च रकम खर्च भएको भन्दै अदालतले  ट्रम्पमाथि  जरिवानाको फैसला सुनाएको हो।

अदालतको फैसलामा ट्रम्पले आफ्ना सन्तानको नाममा सञ्चालन गरेको सामाजिक संस्थाबाट चुनावी अभियानका लागि रकम दुरुपयोग गरेको उल्लेख छ । परोपकारी संस्थाको रकम राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने भन्दै अदालतले  कोषको दुरुपयोग भएको उल्लेख गरेको छ । यद्यपी राष्ट्रपति ट्रम्पले अदालतको निर्णय राजनीति प्रेरित र पूर्वाग्राही रहेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको छ । 

 


प्रतिक्रिया