कोरला नाका खुलेपछि व्यापारीको घुँइचो

भाद्र २३, २०७४ | मुुस्ताङ

 

दर्शैलाई लक्षित गरी नेपाल–चीन सिमानामा पर्ने कोरला नाका खुलेपछि किनमेल गर्नेको भीड लागेको छ । नाका खुलेपछि अन्य समय सुनसान रहने सिमा क्षेत्रमा/ दुवै देशका ब्यापारी र सर्वसाधारणको चहलपहल बढेको हो । किनमेल गर्नेको आउजाउ बढेपछि केही दिनका लागि नाका खुल्ला गरिएको भन्सारका कर्मचारीले बताएका छन् । कोरला नाका पुगेका नेपालीहरुले खाद्यान्न, लत्तकपडा, फर्निचर लगायतका सामाग्री खरिद गरेको हाम्रा सहकर्मी विनोद त्रिपाठीले जनाएका छन् ।

गत वर्षको जस्तै औसत संख्यामा नेपाली ब्यापारीले किनमेल गरेको भन्सार प्रमुख शुक्रदर्शन ढुंगानाले जानकारी दिनुभयो । नेपाल तर्फ सुरक्षा अबस्था मजबुत भएमा कोरला नाकाबाट दिर्घकालिन रुपमा आयातनिर्यात गर्न सकिने ब्यापारीहरुले बताउंदै आएका छन् ।  


प्रतिक्रिया