भिभोले सार्वजनिक गर्‍यो नयाँ सिरिज

वैशाख २४, २०८० | काठमाडौं

भिभो ब्राण्डले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी ट्वान्टीसेभेन सिरिज सार्वजनिक गरेको छ । भिभोको आधिकारिक बिक्रेता भिभो नेपालले काठमाडौंमा आज एक कार्यक्रमका बीच भी ट्वान्टीसेभेन फाइभजी र भी ट्वान्टी सेभेन ई सिरिज सार्वजनिक गरेको हो । सिरिजको प्रि बुकिङ भोली देखि बैशाख ३१ गतेसम्मका लागि खुल्ला हुँदैछ ।

भिभोको पहिलो थ्रीडी कर्भ स्क्रिन भएको सिरिज ग्राहकले ३ हजार रुपैंयाँ तिरेर प्रि–बुकिङ गर्न सक्नेछन् । साथै प्रि–बुकिङ गर्ने ग्राहकले भी ट्वान्टीसेभेन फाइभजीमा भिभोको टीडब्लुएस एयर प्राप्त गर्दा भी ट्वान्टी सेभेन ई मा नोइज कलर फिट ग्राण्ड स्मार्ट वाच प्राप्त गर्ने छन् ।

 सिरिजका बारेमा बोल्दै भिभो नेपालका जनरल म्यानेजर माइकलले भन्नुभयो, “भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरुले गर्दा प्रयोगकर्ताहरू सधैं यस स्मार्टफोनहरू प्रति आकर्षित हुँदै आएका छन् । भिभोमा, हाम्रो मूल सिद्धान्त बेन्फेन प्रति हामी प्रतिबद्ध छौं, जसले निरन्तर अनुसन्धान र सही कामहरू गर्ने हामीलाई अग्रसर गर्दछ । र, भी ट्वान्टीसेभेन सिरिज यो अटल प्रतिबद्धताको प्रमाण हो ।”

दुवै फोनमा स्लीक डिजाइन, भी ट्वान्टीसेभेन फाइभजीमा औरा लाइट पोर्ट्रट सिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका विशेषता छन् । भी ट्वान्टीसेभेनको मुल्य नेपाली बजारमा ५८ हजार ९ सय ९९ तथा भी ट्वान्टीसेभेन ई को मुल्य ४१ हजार ९ सय ९९ तोकिएको छ ।


प्रतिक्रिया