सामसुङको वासिङ्ग मेसिनमा नयाँ विशेषता

पुस १९, २०७९ | काठमाडौं
इलेक्ट्रोनिक सामान निर्माण कम्पनी सामसुङले वासिङ्ग मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी दिने भएको छ ।
सो सेवाले आफ्ना उत्पादनप्रति ती ग्राहकहरु सन्तुष्ट हुने कम्पनीको विश्वास छ । सो प्रणाली सहितको विशेषता भएको सामानले ई–वेष्ट न्युनीकरणमा सहयोग पुर्याउने बताइएको छ ।