तीन दिनदेखि विद्यार्थी बेपत्ता

वैशाख १६, २०८० | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको गैडाकोटको एक कलेजमा सिभिल इन्जिनियरिङ बिषय अध्ययनरत डेभिड तिमिल्सेना गत तिनदिन देखि बेपत्ता भएका छन् । घरबाट कलेज जान भनेर हिडेका डेभिड गत बिहिवार बिहान ५ बजेबाट सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गैडाकोट नगरपालिका—४ शान्ति श्री टोल निवासी तिमिल्सीनाको खोजि सुरुभएको प्रहरीले जनाएको छ । २१ वर्षका डेभिड गैडाकोटको अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिंङ दोश्रो वर्षमा अध्ययनरत बिद्यार्थी हुन ।

गैडाकोटका प्रहरी बरिष्ठ नायब निरिक्षक मोहन थापाले बेपत्ता बिद्यार्थीको खोजि जारी रहेको बताउनुभयो । उनको साथमा मोबाइल फोन नभएकाले प्रहरीलाई खोजिमा समस्या भएको थापाले बताउनुभयो ।   


प्रतिक्रिया