जनताको लगानीमा बन्ने आयोजनाले अग्रिम शेयर जारी गर्न पाउने

फाल्गुन ६, २०७५ | काठमाडौं

- सरकारले घोषणा गरेको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गतका आयोजनाले अग्रिम शेयर जारी गर्न पाउने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को दोस्रो संशोधन गरिएको छ । यो कार्यक्रमले सर्वसाधारणका लागि ४९ प्रतिशत स्वपुँजी संकलनको व्यवस्था गरेको छ ।

यसका लागि गरिने शेयर निष्काशन तथा बाँडफाँटलाई व्यवस्थित गर्न नियमावली संशोधन गरिएको हो । यसलाई मिल्ने गरी आवश्यक नियम तथा कानुनी व्यवस्था मिलाउन अर्थ मन्त्रालयले पत्राचार गरेपछि बोर्डले नियमावली संशोधन गरेको हो ।

 


प्रतिक्रिया