पश्चिम सेतीको काम तत्काल शुरु गर्छौ : प्रधानमन्त्री 

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ७, २०७५ | डडेल्धुरा

- प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत परियोजनाको काम तत्काल शुरु गर्ने बताउनुभएको छ । डडेल्धुराको स्याउलेमा रहेको विद्युत सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालभित्रै सो आयोजना शुरु गर्ने बताउनुभएको हो ।

सुदूरपश्चिमको आर्थिक विकाससँग जोडिएको पश्चिम सेती तत्कालै निर्माण शुरु गरी विद्युत नपुगेको क्षेत्रमा पनि व्यापक विद्युतीकरण गर्ने उहाँको भनाई थियो । 

१३२/३३ सवस्टेशनबाट चमेलिया जलविद्यतु परियोजना र नैलिगाढ जलविद्युत परियोजनाको ३८ मेगावाट विद्युत वितरण हुन्छ । सव–स्टेशनबाट ६ महिनाअघिबाट नै परीक्षणका रुपमा विद्युत वितरण हुँदै आएपनि आज औपचारिक शुरुवात गरिएको हो ।

सो सवस्टेशन सञ्चालनमा आएसंगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज हुने भएको छ । 

 


प्रतिक्रिया