टमारटर खेतीबाट मनग्य आम्दानी

फाल्गुन २६, २०७५ | सिमरा

देशमै कृषि कर्म छाडेर युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम अझै रोकिएको छैन । बाराको कलैया उपमहानगरपालिका १६ मझौलियाका धेरै युवाहरु वैदेशिक रोजगारीमा गाउ छाडेर गएका छन् । उनीहरुले विदेशमा कमाएको पैसाबाट गाउँमा घर बनाउने लगायतका पारिवारिक उन्नती हुने क्षेत्रमा लगानी गरेका छन् ।

विदेशमा भन्दा बढी मिहनेत गर्नु परेको विदेशमा गएर फर्केका युवाले अनुभव सुनाउँछन् । वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेर गाउँ फर्केका मझौलियाकै हस्बुल्लाह अन्सारीले अहिले तरकारी खेतीमा लागेका छन् । गाउँमै मिहनेत गर्दा विदेशमा भन्दा राम्रो आम्दानी गर्ने गरेको उनले जानकारी दिए । 

‘विदेशमा गएर पैसा कमाउन धेरै मिहनेत गर्नु पर्छ,’ उनले भने, ‘यहाँ थोरै मिहनेत गर्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ ।’ यहाँ आफ्नै गाउँको धूलोसँग खेल्नु पर्छ । घरमै परिवारसँग बसेर तरकारी खेती गरीरहेको उनले सुनाए । 

आईतबार आफ्नो खेतबाट गोलभेंडा टिपेर एक ठाउँमा जम्मा गर्दै गरेको अवस्थामा उनी भेटिएका थिए । १० कठ्ठा खेतमा गोलभेंडा खेती गरेर उनले मनग्य आम्दानी गरीरहेको उनले जानकारी दिए ।

गोेलभेंडा खेती यसपाली राम्रै भएको उनले बताए । ‘बोटमा लटरम्मे टमाटर फलेको छ,’ उनले भने, ‘वर्षाले टमाटर खेतीमा असर पु¥याए पनि धेरै घाटा लागेको छैन ।’ आईतबार मात्र उनले खेतबाड ४ क्विन्टल टमार झिकेको जानकारी दिए । अहिले सम्म ८० क्विन्टल भन्दा बढी टमाटर टिपेर बजारमा बिक्री गरीसकेको उनले बताए । 

माघ महिना सम्म टमाटरले बजारमा राम्रै भाउ पाएको थियो । अहिले भाउ घटेको उनले जानकारी दिए । अहिले थोकमा ३० रुपैयाँ“ प्रतिकिलोमा टमाटर बिक्री गरीरहेको उनले बताए । बजारमा अहिले ४० रुपैयाँ किलोमा टमाटर बिक्री भईरहेको उनले जानकारी दिए । 

‘हामीले बजारका व्यपारीलाई थोकमै टमाटर बिक्री गर्छौ,’ उनले भने, ‘व्यपारीले खुद्रामा आफ्नो अनुकूल मूल्य राखेर बिक्री गर्छन ।’ टमाटरको आफूल मूल्य राख्न पाउदैनौं । थोक मूल्य पनि व्यपारीले नै निर्धारण गरीदिने गरेको उनले सुनाए । 

थोकमा सस्तोमा बिक्री गर्दा पनि टमाटर खेतीबाट राम्रो फाईदा हुने गरेको उनले जानकारी दिए । जती टमाटर खेतबाट झिकेका छौं । त्यती नै मात्रामा अझ टमाटर निस्कने अनुमान आफूले गरेको उनले बताए । अहिले सम्म २ लाख ५२ हजार रुपैयाँ टमाटर बिक्री गरेर आम्दानी गरीसकेको उनले बताए ।

यस वर्ष टमाटरबाट मात्र ५ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरीसकेको उनले जानकारी दिए । टमाटर खेतीबाट राम्रो आम्दानी हुन थालेपछि गाउँका अन्य युवाहरु पनि टमाटर, सिमी, काउली लगायत तरकारी खेती गर्न थालेका छन् । गाउँका अधिकांश परिवारले अहिले तरकारी खेती गर्न थालेको उनले जानकारी दिए । 


प्रतिक्रिया