नुन ढुवानी कोटा भन्दा बढी

रेडियो कान्तिपुर संवाददाता

वैशाख ६, २०७६ | काठमाडौं

साल्ट ट्रेडिङ लिमिटेडले विभिन्न जिल्लामा नुन ढुवानीका क्रममा बढी खर्च देखाएर आर्थिक अनियमितता गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ । तोकिएको जिल्लामा नुन ढुवानी तथा आपूर्ति गर्दा कोटा भन्दा बढी वितरण तथा बिक्री गरेर बढी खर्च भएको देखाएको तथ्य फेला परेको हो ।

महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको प्रतिवेदनमा साल्ट ट्रेडिङले विभिन्न नुन ढुवानीका क्रममा ३ करोड १७ लाख ४५ हजार रुपैयाँ बढी खर्च गरेको पाइएको छ । 

साल्ट ट्रेडिङले सहुलियत दरमा नुन ढुवानी गरी वितरण गर्न तोकिएको जिल्लामा सम्बन्धित क्षेत्रको जनसंख्या अनुसार हुने कोटा भन्दा बढी वितरण गरेको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षको औसत ढुवानी दरको आधारमा कोटा भन्दा बढी ढुवानी तथा बिक्री वितरण गरेको प्रतिवेदनले देखाएको छ ।

सम्बन्धित क्षेक्रको जनसंख्या अनुसार कोटा, ढुवानी लागत, बढी बित्री परिमाण लगायत सम्बन्धमा आवश्यक छानबिन गर्न तथा बढी खर्च भएको रकम फिर्ता गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरिएको प्रतिवेदनमा उल्लेख छ ।  


प्रतिक्रिया