सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण सम्झौता

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २, २०७६ | काठमाडौं

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्त गर्न सकिने छ । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्‍याउँदै यस बैंकले देशैभरी आफ्ना शाखा विस्तार गरेका छन् ।

सिटिजन्स बैंकले मुलुकभरका ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करीब चार लाख ग्राहक आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्य छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकस्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 


प्रतिक्रिया