भारतीय कम्पनीसँग हेटौंडा–भरतपुर खण्ड प्रसारण लाईन निर्माण ठेक्का तोडियो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | काठमाडौं

- नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन अन्तर्गत हेटौंडा–भरतपुर खण्ड निर्माणको जिम्मा पाएको भारतीय कम्पनीसँगको ठेक्का तोडेको छ । कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का तोडेको हो ।

कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गरेको छ । ठेकेदार कम्पनीले समयमै आयोजनाको काम नगरेको भन्दै करिब १६ लाख डलर जरिवाना पनि लगाउने निर्णय पनि प्राधिकरणले गरेको छ ।  

प्राधिकरणले यस अघि सोही आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड सिसिपिजी)सागको ठेक्का तोडेको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजी कालासूचीमा राख्ने निर्णय यसअघिनै गरिसकेको छ ।

नयाँ ठेक्कापट्टाको लागि छिट्टै टेण्डर आहृवान गर्ने घिसिङले बताउनुभयो । ७४ किलोमिटर हेटौडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । 

 


प्रतिक्रिया