प्रदेश १ मा विकास निर्माण लगायत योजनाको चाप

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १८, २०७६ | विराटनगर,

प्रदेश १ सरकारका विभिन्न मन्त्रालयहरुमा विकास निर्माण लगायत योजनाको चाप बढेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र मन्त्रालयहरुमा गरी १० हजार भन्दा बढी योजनाका फाइल थुप्रिएका छन् । प्रदेश मुख्य सचिव सुरेश अधिकारीका अनुसार विभिन्न योजना माग्दै परेका निवेदनको चाङ लागेको छ ।

दैनिक करिब पाँच दर्जन योजना माग्दै निवेदन पर्ने गरेको छ । धेरै योजना माग भएकाले ती पूरा गर्न साधन स्रोत भने अपर्याप्त रहेको जनाइएको छ । प्राथमिकतामा परेका विषय र क्षेत्रसँग योजनाहरु छनोट गर्नुपर्ने अवस्था रहेको मन्त्रिपरिषद सचिवायले जनाएको छ ।


प्रतिक्रिया