एनआईबिएल सहभागिता फण्ड इकाईमा सर्वसाधारणका लागि आवेदन खुल्ला  

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १९, २०७६ | काठमाडौं

- नेपाल इन्भेष्टमेन्ट बैंकले एनआईबिएल सहभागिता फण्ड इकाईमा आवेदन दिन सर्वसाधरणका लागि खुला गरेको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको तेस्रो योजनाको रुपमा बैंकले सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।

धितोपत्रबोर्ड बाट अनुमति प्राप्त भएअनुसार पहिलो चरणमा १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणमा जारी गरिने इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।

सर्वसाधरणले प्रति इकाई १० रुपैयाँका दर न्युनतम १ सय देखि २ लाख ५० हजार इकाई सम्मका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  आश्वा सेवा रहेका बैंक तथा वित्तिय संस्थाहरु तथा सिडिएसीको मेरो शेयरबाट आगामी २२ गतेसम्म आवेदन दिन सकिने छ ।

यस योजनाले नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएका धितोपत्रहरु तथा मुद्धती निक्षेपमा लगानी गर्नेछ । हाल जारी भएका इकाईहरु बांडफांट भएको मितिले तीन महिना पछि खरिद बिक्रीका लागि खुल्ला गरिने पनि बैकले जनाएको छ ।

 


प्रतिक्रिया