संक्रमण अन्त्यको कामना गर्दै थाई रानीको जन्मोत्सव (तस्बिरहरु)

जेष्ठ २१, २०७८ | कपिलवस्तु

कोरोना भाइरस महामारी अन्त्यको कामना गर्दै लुम्बिनीमा थाई रानी सुथिदा बज्रसुधाबिमला लक्छनाको ४२ औं जन्मदिन मनाईएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित रोयल थाई मोनाष्ट्रीमा भिक्षु, गुरुमा र ऋषिनीले परित्रान पाठ गरी रानीको तस्बिरमा पूआआजा गरे । 

साथै उनको सुस्वास्थ्य, दीर्घायु र उन्नतिको कामना गरेका थिए । सो अवसरमा विहार प्रमुख भिक्षु फ्रा बोधीबिड्सले मंगल कामना, बुद्ध पूजा र देशना दिएका थिए । साथै ६ दशक अघि स्थापित नेपाल थाई दौत्य सम्बन्ध थप प्रगाढ र मजबुत हुँदै गएको चर्चा गरेका थिए ।

कोरोना महामारीबाट प्रभावित नेपाली जनतालाई थाई राजा र जनताका तर्फबाट स्वास्थ्य सामग्री र उपकरण सहयोग गरेर थोरै भएपनि कठिन पीडाका समयमा मलहम लगाएको बताउनुभयो ।

‘संक्रमणबाट पार पाउन अहिले हामीलाई नेपालीलाई सक्दो सहयोग गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘शान्ति भूमिमा सहयोग गर्न पाउनु गौरवको कुरा हो ।’ लुम्बिनीले विश्वलाई शान्तिको ऊर्जा दिएको छ । उहाँले भन्नुभयो, ‘त्यसैले यहाँको ऋण हामी बिर्सन सक्दैनौं ।’


प्रतिक्रिया