‘निषेधाज्ञाकाबीच ब्याड बनाउन व्यस्त किसान’ (तस्बिरहरु)

जेष्ठ २७, २०७८ | कपिलवस्तु

कोरोना भाइरस संक्रमणले जिल्लामा निषेधाज्ञा लगाईएको छ । लामो समयदेखिको निषेधाज्ञाका कारण बजार, पसल व्यापार बन्द छन् । जिल्ला सुनसान र चकमन्न छ । संक्रमण विस्तारै घटेपनि नियन्त्रण हुन सकिरहेको छैन । तर, मानो छरेर मुरी फलाउने कृषकलाई भने त्रास र जोखिमबीच भ्याई नभ्याई छ । 

उनीहरु बीउको टुसा उर्मान, व्याड तयार गर्न र बीउ छर्न व्यस्त छन् । कतिपयले पानी नहुँदा नहर, पोखरी र तालबाट सिंचाई गरेर ब्याड तयार गरिरहेका छन् । मलखाद छरिरहेका छन् । नेपाली बजार बन्द भई बीउ नपाउँदा सीमावर्ती भारतीय बजारमा गएर कृषकले ल्याईरहेका छन् । कृषकहरु बिहान र साँझ खेतमै व्यस्त छन् ।


प्रतिक्रिया