मणिग्राम र मोतिपुर पुल निर्माण ९ वर्षदेखि अलपत्र

श्रावण २५, २०७६ | बुटवल

रुपन्देहीमा ९ वर्षअघि निर्माण सुरु भएको पुल प्राविधिक त्रुटीका कारण अझै सकिएको छैन । रुपन्देहीको मणिग्राम र मोतिपुर जोड्ने पुल ९ वर्षदेखि अलपत्र परेको हो ।  दुई वर्षमा सक्ने गरी एलिट कन्स्ट्रक्सन प्रालिले २०६७ असार २५ गते ठेक्का सम्झौता गरेको थियो ।

दुईवटा पिलर बनाएर तेस्रोको निम्ति जग खन्दा जमिनमुनि चट्टान भेटिएपछि निर्माण अलपत्र परेको हो । १० करोड ३८ लाख रुपैया लागतमा निर्माणाधिन आयोजनाबाट ठेकेदार कम्पनीले ५ करोड २८ लाख ७७ हजार भुक्तानी लगिसकेको छ ।

काम सक्न ठेकेदारलाई तेस्रोपटक थपिएको म्याद २०७२ असार २४ गते सकिए पनि डिभिजन सडक कार्यालय बुटवलले डिजाइन फेरेर पुलको निर्माण सक्ने वा ठेकेदारबाट रकम भुक्तानी गराउने काम गरेको छैन ।  डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले पिल्लर गाड्ने ठाउमा फोर्नै नसक्ने चट्टान भेटिएकाले समस्या आएको बताउनुभयो । 

 


प्रतिक्रिया