बस र ट्रक आपसमा ठोक्किंदा चितवनमा २ को मृत्यु

माघ ३, २०७६ | चितवन

चितवनको नारायणगढ–मुग्लिन सडकमा शुक्रबार बस र ट्रक आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको बा १ प ७८३ नम्बरको बसले सोही दिशामा रहेको लु २ ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिएको हो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शनाखत हुन बाँकी छ । 

ट्रकलाई ठक्कर दिएपछि बस रामनगरकी शर्मिला मगरको घरमा गएर ठोक्किएको थियो । घाइते ३० मध्ये २१ जना चिनियाँ नागरिक रहेका छन् । 

घाइतेहरूको भरतपुरको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया