घूससहित प्राधिकरणका सव-इन्जिनियर पक्राउ

माघ १०, २०७६ | भोजपुर

भोजपुर नगरपालिकाको भूकम्प शाखाका सव–इन्जिनियर प्रकाश तिवारी घूससहित पक्राउ परेका छन् । घूस लिदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । 

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले तिवारीलाई ६ हजार रुपैयाँ घूससहित प्रधान होटल एण्ड लज डाँडा गाउँ भोजपुरबाट पक्राउ गरेको हो । 

तिवारीले भूकम्प पीडितको पुनर्निर्मित घरको निर्माण सम्पन्न रिर्पोट बनाई दिए बापत सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तिवारीलाई नियन्त्रणमा लिई इटहरी तर्फ लगिएको र थप अनुसन्धानका लागि काठमाडौं पठाइने आयोगले जनाएको छ ।


प्रतिक्रिया