चन्द समूहका विद्यार्थी नेता ढकाल पक्राउ

फाल्गुन १, २०७६ | काठमाडौं

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरी पुन: पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले ढकाललाई काठमाडौंको असनबाट आज बिहान पक्राउ गरेको हो । 

ढकाल सहितको समूहले ‘जनयुद्ध दिवस’ मनाउने तयारी गरिरहेको सूचनापछि खटिएको महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिई काठमाडौं प्रहरीको जिम्मा लगाएको हो ।

उनी यसअघि पनि काठमाडौंको अनामरगरबाट पक्राउ गरेका थिए । सो समयमा उनी बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतको आदेशले रिहा भएका थिए । 

ढकालविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । यद्यपी कुन कसुरमा मुद्दा चलाउने भन्ने विषयमा प्रहरीले परामर्श लिईरहेको छ ।  


प्रतिक्रिया