चन्द समूहका ७ जना कार्यकर्ता संखुवासभाबाट पक्राउ

फाल्गुन ३, २०७६ | काठमाडौं

संखुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीस्थित दोभानेबाट विष्फोटक पदार्थ सहित प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका ५ जना नेता/कार्यकर्ता परेका छन् । 

पक्राउ पर्नेमा चैनपुर नगरपालिका–४ का सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरी गाउँपालिका–३ की एलिना राई, भोजपुरको षडानन्द नगरपालिका–१० की प्रभा तामाङ र ताप्लेजुङको तातोपानी गाउँपालिका–१ का निमनेम्बा शेर्पा छन् । 

उनीहरुको साथबाट प्रहरीले सकेट बम १ थान, रेडबुल बम १ थान र प्रतिबन्धित चन्द समूहका दस्तावेज फेला पारेको छ ।

यसैबीच, विष्फोट तथा आगजनी घटनामा संलग्न रहेको अभियोगमा संखुवासभा प्रहरीले प्रतिबन्धित चन्द समूहका २ जना कार्यकर्तालाई पनि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चैनपुर नगरपालिका–४ का ४१ वर्षीय अजित राई र २० वर्षीय समिन राई छन् । 

चैनपुर नगरपालिका–३ पोखरीस्थित एनसेलको इन्भर्टरमा गत माघ १२ गते कुकर बम विष्फोट गराई आगजनी भएको अभियोग उनीहरुमाथि छ ।  


प्रतिक्रिया