पाटन नगरपालिकामा भोलि सार्वजनिक बिदा

फाल्गुन १४, २०७६ | बैतडी

बैतडीको पाटन नगरपालिकाले बिहीबार सावर्जनिक बिदा दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी जिल्लामा जाने भएपछि नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । 

राष्ट्रपति भण्डारीले पाटनमा रहेको प्राविधिक शिक्षालय भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । 

त्यहि कार्यक्रमको लागि नगरपालिकाका सबै कार्यालयमा बिदा दिइएको नगरपालिकाका प्रवत्ता लोक बहादुर भण्डारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रकै प्रमुख जिल्लाको नगरपालिकामा कार्यक्रमको लागि आउन लाग्नु भएकोले बिदा दिने निर्णयमा पालिका पुगेको हो । भोलि विद्यालय देखि लिएर सबै कार्यालय बन्द हुन्छन् ।’

विद्यार्थीको पढाईमा बाधा पुग्छ होला नी भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यो त एक पाटो रह्यो तर, हामीले बिदा दिन्छौं । देशको राष्ट्रपतिनै पालिकामा आउन लाग्नुभएको छ । विद्यार्थीकै भवनको उद्घाटन कार्यक्रम पनि हो ।’ 

साथै नगरपालिकाले नागरिक अभिनन्नदन गर्ने कार्यक्रम पनि रहेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया