विभिन्न स्थानबाट लागूऔषध सहित १८ पक्राउ

फाल्गुन १५, २०७६ | काठमाडौं

मुलुकका विभिन्न स्थानबाट लागूऔषध सहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उनीहरुको साथबाट करीब ९ लाख रुपैयाँ समेत बरामद भएको छ । 

काठमाडौंको कोटेश्वरबाट २ केजी गाँजा र ८ लाख ६४ हजार ७ सय २० रुपैयाँ सहित २१ वर्षीय अविनाश साह, २८ वर्षीया बिन्दु तामाङ र ३० वर्षीया संगीता यादव पक्राउ परेका छन् ।

सुर्खेतको विरेन्द्रनगर नगरपलिका–८ बाट राकेश गन्धर्व लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुको साथबाट करीब ४ ग्राम ब्राउन सुगर, नाइट्रोभेट ४५ ट्याव्लेट र ४६ हजार २ सय ९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बाट प्रहरीले ७ केजी ५ सय ग्राम चरेश सहित २६ वर्षीया योजना न्यौपाने समेत ३ जनालाई पक्राउ गरेको छ ।

यस्तै, उदयपुरको बेलका नगरपालिका–३ बाट प्रहरीले २९ वर्षीय श्याम माझी समेत ७ जनालाई पक्राउ गरेको छ । करीब ४ केजी गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

मकवानपुरको नेवारपानीबाट ६ केजी गाँजासहित ३२ वर्षीय सुशिल कुमार स्याङ्बो पक्राउ परेका छन् । 


प्रतिक्रिया