फ्रान्स पठाईदिन्छु भनी ठगी गर्ने एक महिला पक्राउ

फाल्गुन १५, २०७६ | काठमाडौं

वैदेशिक रोजगारका लागि फ्रान्स पठाईदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । फ्रान्स पठाईदिन्छु भनी ३८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई काठमाडौंबाट पक्राउ गरेको हो । 

रुपन्देही घर भई काठमाडौं मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । 

फ्रान्स पठाईदिने भन्दै ३ जनाबाट ३८ लाख ५० हजार रुपैयाँ लिई ठगी गरेको उजूरी पछि श्रीषलाई पक्राउ गरिएको महाशाखाका एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो । 


प्रतिक्रिया