बलात्कार आरोपमा सुदूरपश्चिम प्रदेशका नेकपा सचेतक पक्राउ

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २१, २०७६ | धनगढी

सुदूरपश्चिम प्रदेशका नेकपा सचेतक अक्कलबहादुर रावललाई प्रहरीले बलात्कार प्रयासको आरोपमा पक्राउ गरेको छ । 

कैलाली धनगढीकी एक महिलामाथि बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले रावललाई नियन्त्रणमा लिएको हो । 

आजै साँझ सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरेर प्रहरीले रावलमाथि थप अनुसन्धान सुरु गरेको छ । 

आफूमाथि गत माघ २१ गते प्रदेश सांसद रावलले बलात्कार प्रयास गरेको दाबी गर्दै पीडित महिलाले फागुन १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले बताउनुभयो । 

प्रहरीले उनलाई भोलि म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । रावल अछाम क्षेत्र नम्बर २ को ‘ख’ बाट तत्कालीन माओवादीबाट निर्वाचित भएका थिए । 


प्रतिक्रिया