सुतिरहेको अवस्थामा तेजाब प्रहार, श्रीमती पक्राउ

फाल्गुन २७, २०७६ | काठमाडौं

राति सुतिरहेको अवस्थामा एक व्यक्तिमाथि तेजाब प्रहार भएको छ । प्रहरीका अनुसार सोमबार राति तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीस्थित सुतिरहेका २७ वर्षीय रामराजा थापा माथि तेजाब प्रहार भएको हो । 

घटनामा संलग्न भएको आशंकामा महानगरीय प्रहरी वृत्त बालाजुले घाइतेकी श्रीमती प्रतिमा थापालाई पक्राउ गरेको छ । झ्याल ढोका बन्द भएकाले घरभित्रैबाट आक्रमण भएको आशंका गरिएको वृत्त प्रमुख डीएसपी रञ्जितसिंह राठौरले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बाहिरबाट तेजाब प्रहार भएको भए अन्यलाई पनि लाग्नुपथ्र्यो ।’ कोठामा श्रीमती प्रतिमा र ४ महिने शिशु मात्र थिए । कोठामा बोतलमा तेजाब राखिएको पाइएको प्रहरीले जनाएको छ । 

घाइते थापाले समेत श्रीमतीले तेजाब प्रहार गरेको बताइएको प्रहरीको भनाई छ । उनको मुख र हातमा तेजाब लागेको छ । थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको डीएसपी राठौरले बताउनुभयो । 

थापा दम्पत्तिबीच पटक–पटक झै–झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । श्रीमती थापाले भने तेजाब प्रहार बारे आफूलाई थाहा नभएको बताएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया