पाल्पामा जिप दुर्घटना हुँदा ६ घाइते

फाल्गुन २९, २०७६ | पाल्पा

पाल्पाको सदरमुकाम तानसेनबाट दर्लम डाँडातर्फ जादै गरेको लु १ ज २५३९ नम्बरको भ्यान जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । 

बगनासकाली गाउँपालिका–९, चापपानीको ठकुरीबारी मोडमा दुर्घटना ४ महिला र दुई पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरुलाई उपचारका लागि मिसन अस्पताल ल्याएको मिसन प्रहरी चौकीका हवल्दार यज्ञराज शाहीले बताउनुभयो । 

तानसेनका पवन राना, निर्मला खराल, शिव खराल, नवलपरासी वर्दघाटका सरस्वती चापागाई, रुपन्देही नहरपुरकी मीना भट्टराई र बीना बस्यालको मिसन अस्पतालमा उपचार भइरहेको छ । भ्यान अनियन्त्रित भई बाटोमै पल्टेको प्रहरीको अनुमान छ । 


प्रतिक्रिया