रौतहटमा १७ वर्षीया किशोरीमाथि बलात्कार

चैत्र १५, २०७६ | रौतहट

रौतहटमा एक किशोरीमाथि बलात्कार भएको छ । घट्ना एक साता अघिको भएपनि पीडितको जाहेरीका कारण प्रहरीले शनिबार मात्रै सार्वजनिक गरेको हो । जिल्लाको कटहरिया–७ स्थित एक १७ वर्षीया किशोरीमाथि बलात्कार भएको हो । गाउँकै भाग्यनारायण साहले बलात्कार गरेका हुन् । बलात्कार गर्ने फरार छन् । 

साह र किशोरीको घर आमनेसामने छ । घरमा कोही पनि नभएको मौका छोपी साहले चैत ७ गते दिउँसो किशोरीलाई आफ्नो घरमा बोलाएका थिए । घरभित्र पसेपछि साहले भित्रबाट ढोका बन्द गरी युवतीमाथि बलात्कार गर्दै भिडियो बनाए । 

घट्ना बारे कसैलाई भन्यो भने भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिएपछि किशोरीले प्रहरीमा जाहेरी दिएकी थिईन । घटनाको दिन बलात्कृत किशोरीका आमा र बुबा खेतमा काम गर्न गएका थिए ।

किशोरीले आमालाई घटनाबारे बताए पछि सार्वजनिक भएको हो । किशोरीका बुवाले प्रहरीमा किटानी जाहेरी दिएका छन् । इलाका प्रहरी गरुडामा डीएसपी ज्ञानकुमार महतोले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । ‘हामीले अनुसन्धान सुरु गरेका छौ,’ उहाँले भन्नुभयो, ‘फरार साहको खोजी भईरहेको छ ।’ प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गरेको छ । 


प्रतिक्रिया