खुकुरी प्रहार गरी खोटाङमा एकको हत्या
.jpg&w=700&height=600)
जेष्ठ २५, २०७७ | उदयपुर
खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ । अर्का एक जना घाईते भएका छन् ।
आज बिहान पौने ९ बजे स्थानीय ३६ वर्षीय शुभराज राईले सोही स्थानका ६५ वर्षीय डिल्लीराज राई र उनकी श्रीमती ६२ वर्षीया सममायालाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।
घाइते दुबैलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी हुँदै गर्दा ६५ वर्षीय डिल्लीराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घाईते दुबै जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी हुँदै गर्दा डिल्लीराजको मृत्यु भएको प्रदेश एकको प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुमनकुमार तिमिलसिनाले बताउनुभयो ।
घाईते सममायालाई उपचारका लागि कैलाश एयरको हेलिकोप्टरद्वारा काठमाडौं पठाईएको प्रहरी नायब उपरिक्षक तिमिलसिनाले बताउनुभयो ।
खुकुरी प्रहार गर्ने शुभराजलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।