ओखलढुंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

असार ११, २०७७ | ओखलढुंगा

ओखलढुंगाको लिखु गाउँपालिकामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

एम्बुलेन्स दुर्घटनामा परी चालक २३ वर्षीय सुदर्शन खत्रीको मृत्यु भएको प्रहरी नायब उपरिक्षक रुपेश खड्काले बताउनुभयो । 

लिखु गाउँपालिकाको केन्द्र यसमबाट गाम्नाङटार तर्फ जाँदै गरेको ३–०१–००२ नम्बरको एम्बुलेन्स सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

बिरामी लिन जाँदै गरेको एम्बुलेन्स कात्तिके भीर भन्ने स्थानमा दुर्घटनामा परेको हो । स्थानीय तहहरुले जथाभावी सडक खनेका कारण दुर्घटना भएको स्थानीयको गुनासो छ । 


प्रतिक्रिया