अछाममा क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु

असार १४, २०७७ | अछाम

अछाममा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको मृत्युु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम आएका थिए । असार ९ गते उनको आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । 

शनिबार राति एक्कासी उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याईएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो । 

मृत्युु पश्चात उनीसँगै अस्पताल गएका परिवारका अन्य २ जनाको समेतको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाएको अवस्थीले जानकारी दिनुभयो । 


प्रतिक्रिया