प्यूठानमा चुनढुंगा बोकेको टिपर दुर्घटना हुँदा २ को मृत्यु

असार २०, २०७७ | प्यूठान

प्यूठानमा टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

नौबहिनी गाउँपालिका–८ लुप्लुङबाट चुनढुंगा बोकेर दाङको कालाकाटेतर्फ जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना भएको हो । 

दुर्घटनामा नौबहिनी–६ पीपलटारीका ३० वर्षीय चालक रोशन थापा र अन्दाजी २७ वर्षीय सहचालक जोगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

टिपर सडकबाट ५ सय मिटर तल माडी खोलामा खसेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया