साढे २२ केजी चरेस सहित रुपन्देहीबाट २ पक्राउ

असार २२, २०७७ | तिलोत्तमा

रुपन्देहीको तामनगरबाट साढे २२ केजी चरेस सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गुल्मी मदाने गाउँपालिका–७ घर भई हाल बुटवल उपमहानगरपालिका–१२ बस्ने २९ वर्षीय मेघराज गिरी र पूर्वी रुकुमको सिस्ने गाउँपालिका–८ का ३५ वर्षीय रतिमान दमाई रहेका छन् । 

बुटवल उपमहानगरपालिका–१४ तामनगरस्थित हरीयाली टोलबाट सोमबार उनीहरुलाई साढे २२ केजी चरेस सहित पक्राउ गरेको हो । 

प्रदेश प्रहरी कार्यालय दाङ विषेश टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश ५ प्रहरीका प्रवक्ता राजकुमार बैदवारले बताउनुभयो । 


प्रतिक्रिया